समाचारशुक्रबार, आश्विन १५, २०७२
सीमाको अवरोध हटाउन भारत सरकारलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशील कोइरालाले सीमा नाकाबन्दी हटाउन भारत सरकारलाई आग्रह गरेका छन् ।
व्यवस्थापिका–संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भारतर्फ भइरहेको सीमा अवरोध हटाउन आग्रह गरेका हुन् । उनले भने, “सीमा अवरोधका कारण समस्या बढ्दै गइरहेको छ, म यो अवरोध हटाउन आग्रह गर्छु ।”
मधेशको समस्या वार्ता र सम्वादको माध्यमबाट समाधान हुने भन्दै प्रधानमन्त्री कोइरालाले अवरोध हटाइदिन भारत सरकारलाई आग्रह गरे । साता दिनदेखि सीमा क्षेत्रका पाँच वटै नाका अवरुद्ध हुँदा भारत भएर आउने मालसामाग्री आयात हुन सकेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
