Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
माटोको ढिस्कोमा पुरिएर ६ बालबालिकाको मृत्यु - Himalkhabar.com

थप समाचारशुक्रबार, आश्विन १५, २०७२

माटोको ढिस्कोमा पुरिएर ६ बालबालिकाको मृत्यु

हिमालखबर

ढिस्को खसेर पुरिएका बालबालिकालाई निकाल्न डोजर लगाइँदै ।

ढिस्को खसेर पुरिएका बालबालिकालाई निकाल्न डोजर लगाइँदै ।

कैलालीको दोधरा–७ कट्टीपुरमा घर लिपपोतका लागि माटो लिन गएका ६ बालबालिकाको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

१५ असोज साँझ माटोको ढिस्कोमा पुरिएर दोधरा–७ कट्टीपुरकी ६ वर्षीया नम्रता न्यौपाने, १० वर्षीया सीता प्याकुरेल, ७ वर्षीय सशान्त सुनार, ६ वर्षीया दीपिका प्याकुरेल, ९ वर्षीया मैना सुनार र ७ वर्षीय किरन सुनारको मृत्यु भएको हो ।

त्यसैगरी ३५ वर्षीया जमुना खतिवडा र ३० वर्षीया रत्ना खतिवडा गम्भीर घाईते भएका छन् ।

उनीहरु दशैंमा घर लिपपोत गर्ने माटो लिन घर छेउकै राजकुला सामुदायिक बन उपभोक्ता समूहको बनमा माटो लिन गएका बेला ढिस्कोले पुरेर मृत्यु भएको हो । स्थानीय बासिन्दा र प्रहरी टोलीले डोजर लगाएर पुरिएका वालबालिकालाई निकालेको छ ।

घटनास्थलमा मृतक तथा घाईतेहरुको प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए ।
बच्चु विक

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>