समाचारशुक्रबार, आश्विन १५, २०७२
राष्ट्रपतिद्वारा सात दिनभित्र नयाँ मन्त्रिपरिषद् गठनको आह्वान
राष्ट्रपति डा रामवरण यादवले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न आह्वान गरेका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले संविधानको व्यवस्था अनुसार नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई अनुरोध गरेपछि राष्ट्रपति यादवले नयाँ सरकार गठनका लागि सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई छलफलका लागि आह्वान गरेका हुन् ।
राष्ट्रपति यादवले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम उक्त आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
