समाचारशुक्रबार, आश्विन १५, २०७२

संसद् वैठक: अन्तरिम कार्यविधि पारित

हिमालखबर

व्यवस्थापिका–संसद्को १५ असोजमा बसेको बैठकले व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ लाई सर्वसम्मतिले पारित गरेको छ ।

संविधानसभा, व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली, २०७० ले सबै विषयलाई सम्बोधन गर्न नसक्ने भएकाले नयाँ कार्यविधि ल्याइएको हो ।

सो कार्यविधिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन गर्नेसम्बन्धी व्यवस्था समेटिएको छ ।

यस्तै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम सभामुख सुवास नेम्वाङले वाचन गरेर सुनाएका थिए । ती सांसदहरुमा मानबहादुर विश्वकर्मा, सुशील नेपाल, प्रतिक्षा तिवारी मुखिया र रामकुमार सुब्बा छन् ।

बैठकमा सभामुख नेम्वाङले राष्ट्रपति डा रामवरण यादवले प्रमाणित गरेको विभिन्न विधेयक तथा ऐनबारे जानकारी गराएका थिए ।

त्यस्तै बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ऊर्जामन्त्री राधा ज्ञवालीलाई पदमुक्त तथा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडलले राजीनामा दिएको र उनीहरुको कार्यभार उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमलाई सम्हाल्ने गरी तोकिएको सम्बन्धी पत्र वाचन गरिएको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक १७ असोज दिउँसो १ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>