Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तराईको समस्या समाधानका लागि नेतालाई एसएमएस - Himalkhabar.com

थप समाचारशनिबार, आश्विन १६, २०७२

तराईको समस्या समाधानका लागि नेतालाई एसएमएस

हिमालखबर

terai_youthतराईमा बन्द हडतालले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला समस्याको शिघ्र समाधानका लागि वीरगञ्जका युवाहरुले प्रमुख दलका नेताहरुलाई एसएमएस मार्फत आग्रह गरेका छन् ।

यसअघि संविधान निर्माणका लागि विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएको ‘जवाफदेहिताका लागि हाम्रो अभियान’मा आवद्ध तन्नेरीहरुले एसएमएस मार्फत दबाब दिएका हुन् ।

युवाहरुले १६ असोज बिहान मोबाईलमा सन्देश लेखेर संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ, प्रधानमन्त्री सुशील कोईराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत तीन दलका नौ जना नेताहरुलाई ‘आदरणीय नेता ज्यू, संविधान निर्माण गरेकोमा धेरै धेरै धन्यवाद, तराईबासीले दीपावली कहिले गर्ने ? नाकाबन्दी र बन्द हड्तालको अन्त्य कहिले ?’ भन्ने सन्देश पठाएको अभियानका संयोजक शिवनाथ यादवले जानकारी दिए ।

लामो बन्द हड्तालले तराईको जनजीवन अत्यन्त कष्टकर बनेकोले तत्काल वार्ता मार्फत समस्या समाधानका लागि जिम्मेवार नेताहरुलाई एसएमएस मार्फत दवाव दिएको उनले बताए ।

आन्दोलनकारीका जायज मागको सम्बोधन गरेर तराईबासीलाई कष्टकर जीवनयापनबाट मुक्त बनाउन तन्नेरीहरुले नेताहरुलाई आग्रह गरेको अभियन्ता कविता खड्काले बताईन् ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>