समाचारशनिबार, आश्विन १६, २०७२
सहमति कार्यान्वयनको प्रतिवद्धता आए आन्दोलन रोकिन्छः यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख तीन दलले बिगतका सहमति र सम्झौता कार्यन्वयन गर्ने प्रतिबद्धता गरेमा तराई–मधेशमा जारी आन्दोलन रोकिने बताएका छन् ।
बाराको सदरमुकाम कलैयामा १६ असोजमा सञ्चारकर्मीसंग कुरा गर्दै फोरम अध्यक्ष यादवले सरकार र मधेशी मोर्चाबीच भएका २२ र ८ बुँदे सहमति कार्यन्वयन गर्ने तीन दलका तर्फबाट प्रतिबद्धता आए आन्दोलन स्थगित गरिने बताए ।
“अहिले मधेशका मागहरु पूरा भए भन्दै सत्ता पक्षबाट प्रचार भइरहेको छ,” यादवले भने, “प्रचार र बिज्ञापनको काम छैन्, सहमति कार्यन्वयन गरे पुग्छ ।”
वार्तामा नगएर जनतालाई किन दुख दिएको भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा यादवले भने, “जनतालाइ हामीले दुख दिएको होइन, जनता आफ्नो अधिकारको लागि आफंै आन्दोलन गरिरहेका छन् ।”
श्याम गुप्ता, बारा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>