थप समाचारशनिबार, आश्विन १६, २०७२

काकडभिट्टाः ११ दिनदेखि ग्यास आयात शून्य

हिमालखबर

trucks_kakadvittaएघारौं दिनपछि नाकाबन्दी खोल्न भारत राजी भएको खबर सञ्चारमाध्यममा आए पनि १६ असोजमा पूर्वको काकडभिट्टा नाकाबाट अरु दिन जस्तै नगन्य मात्रामा मालवाहक गाडी भित्रिएका छन् ।

१६ असोज साँझसम्ममा १८ वटा खाली, चारवटा आलुका र दुईवटा क्लिंकरका गरी जम्मा २४ वटा ट्रक नेपालतर्फ आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले जानकारी दिए ।

६ असोज अपराह्न ३ बजेदेखि भारतीय सिमा सुरक्षा बलले नेपाल आउने मालबाहक गाडी रोकेको ११ औ दिनसम्ममा करिब १५० मात्र गाडी पूर्वी नाकाबाट भित्रिएका छन् जसमध्ये पट्रोलियम पदार्थ बोकेका १३ वटा मात्र । ग्यासका बुलेट त एउटा पनि भित्रिएका छैनन् ।

भारतले नेपालको सीमा क्षेत्रमा भइरहेको आन्दोलनका कारण गाडीहरु नेपाल जान नसकेको बहान बनाइरहेका बेला काकडभिट्टा नाकामा यो अवधिमा कुनै आन्दोलन, धर्ना वा प्रदर्शन भएको छैन ।

भारतले यो अवधिमा प्राय कुहिने सागसव्जी, माछा र फलफूल मात्रै नेपाल आउन दिएको छ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>