Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको निधन - Himalkhabar.com

थप समाचारआइतबार, आश्विन १७, २०७२

राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको निधन

हिमालखबर

Chandra-Bahadur-Gurung-RPP-Nepalराप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको ६१ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सरबाट पीडित गुरुङको अमेरिकाको कोलोराडोमा उपचारका क्रममा नेपाली समय अनुसार १६ असोज राति ८ बजे निधन भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।

२०१२ सालमा स्याङ्जाको पञ्चमुल सिरुवारीमा जन्मेका गुरुङ पञ्चायतकालमै अखिल नेपाल फुटबल संघको अध्यक्ष र नेपाल युवा संगठनको सभापति बनेका थिए।

राप्रपा स्थापना हुँदा त्यसको केन्द्रीय सदस्य रहेका गुरुङ पहिलो संविधानसभामा राप्रपा नेपालको संसदीय दलका नेता थिए । दोस्रो संविधानसभा निर्वाचन भने उनी स्याङजा-१ बाट पराजित भए ।

६१ वर्षीय गुरूङका १ छोरा एक छोरी र श्रीमती छन्।

गुरुङ्को नेपालमै अन्त्येष्टि गरिने राप्रपा नेपालका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>