समाचारआइतबार, आश्विन १७, २०७२
केपी अाेलीलाई प्रधानमन्त्रीकाे उमेद्वार बनाउने एमाले निर्णय
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा अाेलीलाई प्रधानमन्त्रीकाे उमेद्वार बनाउने निर्णय गरेकाे छ ।
संसदीय दलकाे कार्यालयमा १७ असाेजमा बसेकाे स्थायी कमिटी बैठकले केपी अाेलीकाे नेतृत्वमा सहमतीय सरकार बनाउने निर्णय गरेकाे पार्टी सचिव प्रदिप ज्ञवालीले बताए ।
………………………..
नेकपा एमालेको स्थायी कमिटी बैठक दलको कार्यालय सिंहदरवारमा बसिरहेको छ ।
बैठकले पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेबारे छलफल भइरहेको छ । राष्ट्रपतिले नयाँ सरकार चयनका लागि १५ असोजमा आह्वान गरेपछि सहमतीय सरकार गठनको बाटो खुलेको छ ।
नयाँ संविधान अनुसार २२ असोजसम्म सहमतिमा सरकार नबने बहुमतीय सरकार बनाउनुपर्ने हुन्छ । एमालेले चार दलबीच २५ जेठमा भएको भद्र सहमति अनुसार पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उमेद्वार बनाउने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
