समाचारआइतबार, आश्विन १७, २०७२

वार्ताबारे धारणा तय गर्न मोर्चाको बैठक शुरु

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालय तिनकुनेमा शुरु भएको छ ।

सरकारी वार्ता टोली र तीन प्रमुख दलका शीर्ष नेताहरुसँग अनौपचारिक छलफलपछि जारी आन्दोलनबारे धारणा तय गर्न मोर्चाको बैठक शुरु भएको फोरम नेपालका केन्द्रिय सदस्य अर्जुन थापाले बताए । उनका अनुसार तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अनौपचारिक छलफलमा भएको कुराकानी बैठकमा प्रस्तुत गर्नेछन् ।

३० साउनदेखि अनिश्चितकालीन तराई–मधेश हड्तालमा रहेको मोर्चाले सरकारसँग वार्ताका लागि आजको बैठकले आधिकारिक धारणा तय गर्ने भएको छ । यसबारे ठाकुरले विभिन्न चरणमा सरकारसँग अनौपचारिक कुराकानी गरिसकेका छन् ।

बैठकमा मोर्चामा आवद्ध चार दलका नेताहरु सम्मिलित छन् ।

-कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>