समाचारआइतबार, आश्विन १७, २०७२
नाकामा झन् निराशा
भारतले अघोषित नाकाबन्दी खोल्न निर्देशन दिएको भनिएपनि एक प्रमुख नाका सुनौलीमा पहिले भन्दा पनि कम गाडी भित्रिएका छन् ।
१७ असोजमा यो नाकाबाट पेट्रोलियम बोकेका कुनै पनि गाडी भित्रिएनन् । भित्रिएका ६५ साधन मध्ये केही जीप, भ्यान र तरकारी तथा फलफूल बोकेका ट्रकहरु थिए ।
१६ असोजमा यो नाकाबाट पेट्रोलियम तथा खाने तेलका १६ गाडीसहित १६५ वटा मालबाहक साधन भित्रिएका थिए । तर, नाकाबन्दी खुल्ला गरिएको भनिएपछि झन् कम गाडी आएका हुन् । लुम्बिनी प्रहरी प्रमुख गणेश केसी भन्छन्, “आज अरु दिनभन्दा पनि कम आए, कारण केही बताइएको छैन ।”
–दीपक ज्ञवाली, बुटवल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
