समाचारआइतबार, आश्विन १७, २०७२
उखानेले कसरी देश चलाउँछ भन्दा दुःखी छैनः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा उखान–तुक्का प्रयोगबारे हुने आलोचनाबाट दुःखी नहुने बताएका छन् ।
लेखक तथा राजनीतिज्ञ प्रदीप नेपालको नयाँ यात्रा निबन्ध ‘कुञ्जिनीको गामवेंशी’ को लोकार्पण गर्दै अध्यक्ष ओलीले भने, “उखानेले कसरी देश चलाउँछ भनेर पनि मलाई भन्ने गर्छन् तर पञ्चायतकालमा भूमिगत हुँदादेखि वा जेलमा रहँदा दुःख मनाउका बेला अरु गीत गाउँथे, म उखानको प्रयोग र आपसी रमाइलो तथा आनन्द दिलाउँथे ।”
प्रधानमन्त्री पदका दाबेदार रहेका अध्यक्ष ओलीले आफ्ना मालेकालदेखि सहयात्री रहेका लेखक नेपाल बहुआयामिक व्यक्तित्वका धनी भएको बताउँदै राजनीति र सङ्गठनको कामसँगै साहित्यिक यात्रालाई एकैसाथ लान सक्नुभएकामा प्रशंसा गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>