खेलकुदआइतबार, आश्विन १७, २०७२

नेपाल र कुवेतले अंक बाँडे

हिमालखबर

नेपाल र कुवेतले अंक बाँडे
आफ्नो पहिलो खेलमा आयोजक इरानसँग विर्सनलायक प्रदर्शन गरेको यु–१९ टीम नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको छ । इरानको मशादमा १७ असोजमा भएको एएफसी यु–१९ छनौटको दोस्रो खेलबाट नेपालले एक अंक जोडेको हो । ।

टीम नेपालका कप्तान विमल घर्ती मगरले खेलको ६१ औं मिनेटमा गोल गरे । त्यसको १० मिनेटपछि खालिद अलेनेजीले कुवेतका लागि बराबरी गोल गरेका थिए ।

पहिलो खेलमा जोर्डनलाई पराजित गरेको कुवेतको दुई खेलबाट चार अंक भएको छ । १२ भदौमा साफ च्याम्पियन बनेको नेपाल भने पहिलो खेलमा इरानसँग १०–० गोल अन्तरले पराजित भएको थियो ।

टीम नेपालले १९ असोजमा जोर्डनको सामना गर्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...