समाचारसोमबार, आश्विन १८, २०७२

भारतले अन्याय गरिरहेको छः बाबुराम भट्टराई

हिमालखबर

एमाओवादी परित्याग गरेर देश दौडाहामा रहेका नेता बाबुराम भट्टराईले भारतले मधेश आन्दोलनको निहुँमा नेपालमाथि अन्यायपूर्ण काम गरिरहेको बताएका छन् ।

१७ असोजमा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “भारतले नेपालमाथि अन्यायपूर्ण काम गरिरहको छ, सबै मिलेर विरोध गरौं ।”

पार्टी छोडेपछि संविधानप्रति असन्तुष्ट पक्षहरुलाई समेट्ने प्रयासमा रहेका भट्टराईले मधेशमा भइरहेको आन्दोलन र भारतको नाकाबन्दी फरक फरक विषय भएकोले त्यसलाई छ्यासमिस गरेर बुझ्न नहुने बताए ।

उनले भने “असन्तुष्ट सबैका मुद्दाहरु सम्बोधन गरिनुपर्छ, उनीहरुलाई मेरो साथ छ तर, यो हाम्रो आन्तरिक विषय हो हामी आफैंले मिलाउने हो ।”

१७ असोजमा रुपन्देहीको धकधईमा एमाओवादी निकट मधेश मुक्ति मोर्चासहितका समूहहरुको संयुक्त आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गरेका भट्टराईले आज बुटवलमा ‘समाजवादी अभियान’ को व्यानरमा आमसभा गर्दैछन् भने भोली १९ असोजमा उनले पाल्पामा मगरमुक्ति मोर्चाले आयोजना गर्ने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>