समाचारसोमबार, आश्विन १८, २०७२
फोरमका दुई केन्द्रीय सदस्य प्रहरी नियन्त्रणमा
विराटनगरस्थित भन्सार नाका सडकखण्डमा धर्ना बसेका सङ्घीय समाजवादी फोरमका दुई केन्द्रीय सदस्यलाई प्रहरीले गए राति नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार धर्नास्थलबाट हटाउन खोज्दा प्रहरीलाई पेट्रोल बम प्रहार गरेपछि समाजवादी फोरमका केन्द्रीय सदस्य रामविलास यादव र भुराज राईलाई नियन्त्रणमा लिइएको हो ।
धर्नामा बसेका आन्दोलनकारीलाई तितरवितर गर्न प्रहरीले तीन सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । आन्दोलनकारीलाई भन्सार नाकाबाट हटाएपछि चारसयभन्दा बढी सवारी साधन गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>