समाचारसोमबार, आश्विन १८, २०७२
आयल निगम वीरगञ्जका प्रमुख माेर्चाकाे नियन्त्रणमा
नियन्त्रणमा लिएकाे नेपाल आयल निगम वीरगञ्जका प्रमुख अशोक साहलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । दिउँसाे १ बजे माेर्चाले साहलाई छाडेका हुन् ।
…………….
नेपाल आयल निगम वीरगञ्जका प्रमुख अशोक साहलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।
संघीय समाजवादी फोरम नेपालका प्रदीप यादव नेतृत्वमा मितेरी पुलमा धर्नामा बसेको मोर्चाको टोलीले साहलाई १८ असोज बिहान १० बजेदेखि नियन्त्रणमा लिएका हुन् । साहलाई मितेरी पुलमा मोर्चाका कार्यकर्ताहरुले आफूहरुसँगै धर्नामा बसालेका छन् ।
इन्धनको सहज आपूर्तिका लागि भारतीय अधिकारीहरुसँग कुरा गर्न भारत जाँदै गर्दा मोर्चाका कार्यकर्ताहरुले उनलाई नियन्त्रणमा लिएको बुझिएको छ । मोर्चा पर्साका जनपरिचालन समिति संयोजक यादवले साहलाई नियन्त्रणमा लिएर राखेको बताए ।
उनले भने, “उहाँलाई सम्मानका साथ खाना खुवाएर हामीसँगै राखेका छौं । अब तेल भर्ने कुरा गर्न रक्सौल जान्न भन्ने प्रतिवद्धता जनाएपछि प्रमुख जिल्ला अधिकारीलाई जिम्मा लगाईदिन्छौं ।” नेपाल आयल निगम क्षेत्रीय डिपो अमलेखगञ्जका प्रमुख भानुभक्त खनालले रक्सौलमा कामको शिलशिलामा जाँदा आन्दोलनकारीहरुले शाहलाई धर्ना स्थलमै राखेको जानकारी दिए ।
-सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
