समाचारसोमबार, आश्विन १८, २०७२

भारतबाट अाएकाे आलु नेपाली भन्सारले रोकिदिए

हिमालखबर

नेपालगञ्ज–रुपैडिहा नाकाबाट आज मध्यान्हसम्म मालबाहक गाडी नेपाल भित्रिएको छैन ।

पेट्रोलियम पदार्थ रोकेर भारतले आलुको ट्रक मात्रै पठाउन थालेपछि नेपाली भन्सारले उक्त ट्रक पनि रोकिदिएको छ ।

आलु बोकेका ट्रकहरु नेपाली भन्सारले भन्सार नगरिदिएपछि सीमापारी नै रोकिएका छन् । जमुनाहा प्रहरी चौकीमा कार्यरत एक प्रहरीले भने, “पेट्रोलियम पदार्थ नपठाएपछि आलु नेपाली भन्सारले रोकेको छ ।”

यता, भन्सार प्रमुख राजेन्द्र हमालले कुनै पनि मालबहाक गाडी नभित्रिएको बताए । “पेट्रोलियम पदार्थ पठाएको छैन, आलु मात्रै पठाएको छ”, उनले भने, “अहिलेसम्म केही पनि भित्रिएको छैन ।” आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरु पनि सीमानाकामा देखिएका छैनन् ।

-केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>