समाचारसोमबार, आश्विन १८, २०७२

सहमतीय सरकार गठनबारे सर्वदलीय बैठक बस्दै

हिमालखबर

राष्ट्रपति रामवरण यादवले सहमतीय सरकारका लागि आह्वान गरेपछि नयाँ सरकारबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा १८ असोज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको छ । संसदमा प्रतिनीधित्व गर्ने सवै दललाई बैठकमा बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

यसअघि, विहान प्रमुख तीन दलबीच बैठक बसेको थियो । तर, बैठकमा सहमतीय सरकारबारे कुनै छलफल हुन नसकेको नेकपा एमालेका अध्यक्ष केपी ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए ।

नयाँ संविधान जारी भएपछि २२ असोजसम्मका लागि सहमतीय सरकार गठनका लागि राष्ट्रपति यादवले समय दिएका छन् । यो अवधिमा सहमतीय सरकार गठन नभए बहुमतीय सरकारका लागि मनोनयन दर्ताको कार्य तालिका तय भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>