Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दशै‌ं टीकाको साइतः ५ कात्तिक विहान १०ः५५ बजे - Himalkhabar.com

थप समाचारसोमबार, आश्विन १८, २०७२

दशै‌ं टीकाको साइतः ५ कात्तिक विहान १०ः५५ बजे

हिमालखबर

Dashainनेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशै‌ं टीकाको साइत सार्वजनिक गरेको छ ।

घटस्थापनाको साइत २६ असोज बिहान ११ः२५ बजे रहेको छ । यस्तै, सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत २७ असोज बिहान ११ः३५ बजे शुभसाइत रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।

यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ । १ कात्तिकमा पचली भैरबको यात्रा परेको छ । ३ कात्तिक फूलपातीका दिन बिहान १०ः ५५ बजेमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ः५३ बजे रहेको छ ।

फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने अध्यक्ष गौतमले बताए । ४ कात्तिक महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ ।

५ कात्तिक महानवमी र विजयादशमी एकै दिन परेको छ । “त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ,” अध्यक्ष गौतमले भने ।

५ कात्तिक देवी विसर्जनको साइत बिहान १०ः४५ बजे रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १०ः५५ बजेको साइत उत्तम रहेको छ ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १०ः५५ बजेको साइत उत्तम भएको पनि अध्यक्ष गौतमले स्पष्ट पारे ।

शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने पनि उनले बताए । विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि ५ कात्तिक बिहान ११ः१ बजेको साइत र स्थिर आसनका लागि बिहान ११ः५५ बजेको साइत उत्तम रहेको समितिले जनाएको छ ।

खड्ग यात्राको साइत ५ कात्तिक विजयादशमीकै दिन ११ः५५ बजे राम्रो रहेको छ ।

दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई ९ कात्तिकमा सक्नुपर्नेछ । त्यस दिन बेलुकी ८ः१३ बजेदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ ।

पूर्णिमा व्रत भने १० कात्तिकमा परेको छ । आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि १० कात्तिकबाटै सुरु गर्नुपर्नेछ ।

यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तो योग परेको हो ।

नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो । चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>