समाचारसोमबार, आश्विन १८, २०७२
दलीय समझदारी नतोड्न नागरिक अगुवाहरुकाे आग्रह
संविधानप्रति देखिएको असन्तोष सम्बोधन र भूकम्पपश्चातको पुनःनिर्माणका लागि नागरिक अगुवाहरुले तीन दलीय एकतालाई अझ व्यापक बनाउन आग्रह गरेका छन् ।
विज्ञप्ती जारी गर्दै तीन दलबीचको एकता विथोल्ने प्रयासप्रति सजग रहन आग्रह गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘संघीय गणतन्त्रलाई संस्थागत गर्नको लागि संविधानको भाग ३३ ले व्यवस्था गरेको संक्रमणकालीन कार्य सम्पादन नै आगामी सरकारको मुख्य कार्यभार हो ।’
नागरिक अगुवाहरु नीलाम्बर आचार्य, सुशील प्याकुरेल, कपिल श्रेष्ठ, चरण प्रसाई र कनकमणि दीक्षितले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
