समाचारसोमबार, आश्विन १८, २०७२
२९ ट्याङ्कर पेट्रोलियम पदार्थ भित्रियो
भारतले सीमानाकाहरूमा गरेको कडाईका कारण अत्यन्तै सीमित मात्रामा पेट्रोलियम पदार्थ भित्रँदै आएकोमा १८ असोजमा पेट्रोल, डिजेल र ग्यास गरी २९ ट्याङ्कर पेट्रोलियम भित्रिएको छ ।
नेपाल आयल निगमका अनुसार विराटनगरको जोगबनी नाकाबाट २७ र नेपालगञ्जको रुपैडिहा नाकाबाट २ ट्याङ्कर पेट्रोलियम भित्रिएको हो ।
निगमका प्रवक्ता दीपक बरालले जोगबनी नाकाबाट डिजेल १३, पेट्रोल १२ र ग्यास २ ट्याङ्ंकर तथा रुपैडिहा नाकाबाट २ ट्याङ्ंकर डिजेल भित्रिएको जानकारी दिए ।
भारतको भन्सार कार्यालयले ५ ट्याङ्ंकर डिजेल जाँच–पास गरिसकेको भए पनि सीमास्थित सुरक्षा कार्यालयले रोकेका कारण रुपैडिहा नाकाबाट २ ट्याङ्ंकर मात्र डिजेल भित्रिएको हो ।
भारतीय आयल निगममा ११८ ट्याङ्ंकर पेट्रोल तथा डिजल र मट्टितेल गरी २७१ ट्याङ्ंकर भरेर राखिएको छ । पछिल्लो डेढ महिना यता सहज आपूर्ति नहुँदा रू. २ अर्ब व्यापार घाटा भएको नेपाल आयल निगमले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
