समाचारसोमबार, आश्विन १८, २०७२

कोठे बैठकले वार्ता सफल हुन सकेनः ठाकुर

हिमालखबर

MAHANTA-THAKURतराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले तीन दलको वार्ता टोलीले स्पष्ट मार्गचित्र ल्याएर वार्तामा बसे मात्रै वार्ता सफल हुने बताएका छन् ।

रफत सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारले देखावटी वार्ता टोली बनाएर भुलाउन खोजेको भए वार्ता सफल नहुने बताए ।

अध्यक्ष ठाकुरले भने, “अनौपचारिक भेटघाटमा तीन दलका नेताले मधेशको माग पूरा गर्छौँ भन्छन्, तर फेरि कोठे बैठक बसेर अर्कै चलखेल गर्ने गरेको आशङ्का छ, देखावटी वार्ता टोली गठन गरेर अल्मल्याउन खोजिँदै छ, स्पष्ट मार्गचित्रबिनाको वार्ता टोली आए वार्ता सफल हुँदैन ।” रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>