खेलकुदसोमबार, आश्विन १८, २०७२

एभरेष्ट म्यारथनको उपाधि भीम गुरुङलाई

हिमालखबर

unnamedतेन्जिङ–हिलारी एभरेष्ट म्याराथन दौडको १२ औं संस्करणमा पुरुषतर्फको उपाधी नेपाल आर्मीका भीम गुरुङले हात पारेका छन् ।

गुरुङले निर्धारित ४२ किलोमिटरको निर्धारित दुरी ४ घण्टा १ मिनेट ५४ सेकेण्डमा पुरा गरी उपाधी जितेका हुन् । प्रथम भएपनि उनले आफ्नै रेकर्ड भने तोड्न सकेनन् ।

११ औं संस्करणमा गुरुङ द्धितीय हुँदा निर्धारित ४२ किमी दुरी ३ घण्टा ५३ मिनेट ५८ सेकेण्डमा पुरा गरेका थिए ।

त्यस्तै, नेपाली सेनाकै सुरेन्द्र बस्नेतले निर्धारित ४२ किलोकिटर दूरी ४ घण्टा ३ मिनेट १८ सेकेण्डमा पुरा गर्दै द्धितीय भएका छन् भने सोलुखुम्बुका पासाङ लामाले ४ घण्टा ११ मिनेट २८ सेकेण्डमा दूरी पुरा गरी तेस्रो भएका छन् । पुरुषतर्फ विदेशी २७ र २६ नेपाली प्रतिश्पर्धी थिए ।

सगरमाथाको आधारशिविरबाट शुरु भएको म्यारथन गोरक्सेप, लोवुचे, फेरिचे, दिङवोचे, तेङवोचे हुदै नाम्चे बजारमा आएर सकिएको हो ।

महिलातर्फ सोलुखुम्बु थामेकी आङदामी शेर्पाले ४२ किलो मिटरको दुरी ६ घण्टा ५ मिनेट ४३ सेकेन्ड पार गर्दै पहिलो स्थान ओगट्न सफल भइन् । त्यस्तै ४२ किलो मिटर दुरीमा ६ घण्टा १७ मिनेट ६ सेकेन्ड समय पार गर्दै सोलुखुम्बुकै दावाडोमा शेर्पा दोस्रो र ४२ किलो मिटर दुरी ६ घण्टा ४१ सेकेन्डमा पार गर्दै सोलुखुम्बुकै निरकला राई तेस्रो भइन् ।

महिलातर्फ ८ विदेशी र ६ नेपालीसहित १४ जनाले सहभागिता जनाएका थिए ।

-बुद्धबीर बाहिङ, साेलुखम्बु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>