समाचारमंगलबार, आश्विन १९, २०७२

टयाङ्करसहित ६०० गाडी गन्तव्य तर्फ

हिमालखबर

विराटनगरबा६ सुरक्षाकर्मीले टयाङ्कर ,मालबाहक ट्रक र बसलगायतका करिव ६०० गाडीलाई सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पुर्‍याएका छन् ।

विराटनगरस्थित रानी भन्सारमा रहेका ७९ वटा गाडीसहित २९३ वटा गाडीलाई मोरङ जिल्ला कटाएर गन्तव्यसम्म पुर्‍याउनका लागि सुनसरीको सुरक्षाकर्मीको जिम्मामा दिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर भन्सारका ७९ वटा गाडीमध्येबाट डिजेल बोकेका १४ वटा टयाङ्कर, पेट्रोल बोकेका ११ वटा ट्याङ्कर र दुईवटा ग्यास बुलेटलगायतका मालवाहक गाडी रहेको प्रहरी नायवउपरीक्षक प्रमोद खरेलले बताउनुभयो । ती गाडी सोमवार, १८ असोजमै विराटनगर भन्सार परिसरमा प्रवेश गरेका थिए ।

यसका साथै, सुनसरीका सुरक्षाकर्मीले सुरक्षा घेरामा जिल्लाको सीमावर्ती क्षेत्रमा ल्याएका अन्य २९७ वटा बस र मालबाहक गाडीलाई मोरङका प्रहरीले सुरक्षा घेरामा राखेर गन्तव्यसम्म पुर्‍याएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>