समाचारमंगलबार, आश्विन १९, २०७२

तीन दल र मोर्चाबीच भोलि फेरि वार्ता हुने

हिमालखबर

प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको वार्ता टोलीबीच औपचारिक वार्ता भएको छ ।

वार्तामा मोर्चाका वार्ता टोलीले ३५ बुँदे मागपत्र पेश गरेको छ । सिंहदरवारमा भएको वार्तामा राजनीतिक विषयमा कुनै विषयमा सहमति भने जुटेन । बैठक भोलि फेरि बस्नेगरी सकिएको तमलोपाका सर्वेन्द्रनाथ शुक्लले बताए ।

उनका अनुसार सीमाकंन, समानुपातिक समावेशी, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रलगायत ३५ बुँदा संविधान संशोधनका लागि पेश गरिएको छ । उक्त मागबारे फेरि छलफल हुनेगरी बैठक स्थगित गरिएको छ ।

मोर्चाले राजनीतिक माग पूरा नभएसम्म तराई–मधेशमा जारी नाकाबन्दीलगायतका आन्दोलन नरोक्ने जनाएको छ । सरकारले यसअघि आन्दोलनरत मोर्चाको केही मागहरु भने पूरा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>