समाचारमंगलबार, आश्विन १९, २०७२

एमाले र मोर्चाका कार्यकर्ताबीच झडप

हिमालखबर

सिराहाको धनगढीमाई नगरपालिकामा नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।

एमाले क्षेत्र नम्बर ४ को नियमित बैठकलाई मोर्चाका कार्यकर्ताले घेराउ गरेपछि झडप शुरु भएको हो । एमालेले नाकाबन्दी विरुद्ध निर्णय गर्ने सूचनाका आधारमा मोर्चाका कार्यकर्ताले घेराउ गरेका थिए ।

मोर्चाले एमाले विरुद्ध नाराबाजीसहित घेराउ गरेपछि झडप भएको हो । झडपमा एमालेका केही कार्यकर्ता घाइते भएका छन् भने एमाले कार्यकर्ता चढेकाे सवारी साधन ताेडफाेड गरिएकाे छ ।

इलाका प्रहरी कार्यालय लहानको प्रमुख प्रहरी नायब उपरीक्षक उमा प्रसाद चतुर्वेदीका अनुसार झडप प्रहरीले नियन्त्रणमा लिइसकेकाे छ ।

-दिलीप कुमार सिंह, सिराहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>