समाचारबुधबार, आश्विन २०, २०७२

कांग्रेस महाधिवेशन २० देखि २३ फागुनमा

हिमालखबर

congress_flagनेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन २० देखि २३ फागुन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

२० असोजमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको १३ औं महाधिवेशन २० देखि २३ फागुनसम्म काठमाडौंमा हुने भएको छ ।

यसअघि वडा, गाउँ–नगर अधिवेशन १५ र १६ माघ, क्षेत्रीय अधिवेशन २२ माघ र जिल्ला अधिवेशन २५ माघसम्म सम्पन्न गरिसक्ने निर्णय भएको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।

त्यसैगरी बैठकले संविधानका केही बुँदामा असन्तुष्टि जनाउँदै तराई मधेशमा आन्दोलन गरिरहेका दल र समूहसँग तीनदलको वार्ता प्रक्रिया शुरु भइसकेकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्ता मार्फत नै समाधान खोज्न आग्रह गरेको छ ।

वार्ता टोलीका संयोजक एवम् वनमन्त्री महेश आचार्यले वार्तामा भएको प्रगति बारे बैठकलाई अवगत गराएका थिए ।

वार्ता सकारात्मक रुपमा अघि बढेको भन्दै प्रवक्ता बडुले आन्दोलनकारीका कतिपय मागहरु पूरा भइसकेको र केही मागहरु बारे छिट्टै निर्णयमा पुगिने बताए ।

बैठकमा सरकार गठनबारे भने कुनै निर्णय नभएको र २१ असोज विहान बस्ने बैठकले यससम्बन्धमा निर्णय गरिने भएको छ ।

त्यसैगरी बैठकले भूकम्प प्रभावित क्षेत्रका लागि पार्टीले देशविदेशबाट संकलन गरेको रु १ करोड ८१ लाख १२ हजार प्रधानमन्त्री राहतकोषमा उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>