समाचारबुधबार, आश्विन २०, २०७२

काकडभिट्टा– पानीटंकी नाकाबाट ३४ ट्यांकर भित्रिए

हिमालखबर

गए राति भारतको पानीटंकी नाकाबाट इन्धन बोकेका ३४ ट्यांकर नेपाल भित्रिएका छन् ।

पूर्वी नाका काकडभिट्टा हुँदै भित्रिएका तीमध्ये २२ वटा पेट्रोलका, ११ वटा डिजेलका र एउटा मट्टितेलको ट्यांकर रहेको मेची भन्सार कार्यालय कााँकडभिट्टाले जनाएको छ ।

१९ असोज राति १० बजेतिर ट्यांकरहरु भित्रिएको मेची भन्सारका एकजना अधिकृत दिपेन्द्र झाले बताए ।

प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले २२ ट्यांकर इन्धन अमलेखगञ्ज डिपोमा पठाइएको र बाँकी इन्धन आवश्यकताअनुसार वितरण गरिने बताएका छन् ।

उनले अत्यावश्यक सरकारी सेवाका, एम्बुलेन्स, विद्यार्थी बोक्ने, बारुणयन्त्र र लामो दूरीका सवारी साधनलाई प्राथमिकता अनुसार इन्धन वितरण गरिने जानकारी दिए ।

यसअघि १८ असोज राति पनि झापामा ६ ट्यांकर इन्धन भित्रिएको थियो ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>