समाचारबुधबार, आश्विन २०, २०७२
सरकार तीन दलकै सहमतिमा बन्नुपर्छः दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले देश नै संकटमा रहेका बेला आफ्नो दलले राष्ट्रपति र प्रधानमन्त्रीको दाबी नगर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा २० असोज विहान सञ्चारकर्मीसँग कुरा गर्दैै दाहालले सबै दल एक हुनु पर्ने बेलामा आफूलाई कुनै पद नचाहिएको बताए ।
“तीन दलको सहमतिमा सरकार बन्नु पर्छ, कांग्रेस बिनाको सरकार बन्यो भने देशले दुःख पाउँछ,” अध्यक्ष दाहालले भने, “ओली, सुशील वा देउवा जो भएपनि सहमतिमा हुनु पर्छ ।”
प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएलगत्तै आफूले सरकार छाडेर एमालेलाई नेतृत्व गर्न दिने भद्र सहमति गरे पनि अनावश्यक ढिलो भइरहेको दाहालले बताए ।
उनले भने, “त्यसबेला सुशील जीले सरकारको नेतृत्व एमालेलाई दिने तीन पटकसम्म दोहो¥याउनु भएको थियो ।”
उनले भारतले गरेको त नाकाबन्दी हटाउन सरकारले छिटो भन्दा छिटो पहल गर्नु पर्ने बताउँदै आफूले पनि राजनीतिक तवरबाट पहल गरिरहेको बताए ।
सुनसरीको इटहरीमा हुने कार्यकर्ता प्रशिक्षणमा भाग लिन जाँदै गरेका नेताहरुको समूहसँगै आएका दाहालले विराटनगरमा जैन धर्मगुरु आचार्य महाश्रवणलाई भेट्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि प्रहरीले सुरक्षाका कारण जान नहुने सल्लाह दिएपछि गएनन् ।
कमल रिमाल, विराटनगर