थप समाचारबुधबार, आश्विन २०, २०७२

बसको ठक्करबाट बालिकाको मृत्यु

हिमालखबर

पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको बर्दघाट–९, मा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

बुटवलबाट नारायणघाटतर्फ गइरहेको ना ४ ख ६४०१ नम्बरको बसले ठक्कर बर्दघाट–१०, की १४ बर्षीया सरस्वती चौधरीको मृत्यु भएको हो । ठक्करबाट घाइते चौधरीको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार हुँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटना परी ४ जना गम्भीर घाइते भएका छन् । बर्दघाट–९, का १२ बर्षीय मौसम न्युरे, १४ बर्षीय स्वीकृत श्रेष्ठ, १२ बर्षीय राहुल सुनार र बर्दघाट –१०, की १४ बर्षीय सृजना चौधरी घाइते भएका छन् ।

उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

-विद्राेही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...