समाचारबुधबार, आश्विन २०, २०७२
प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओली भेटवार्ता
प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनलगायत समसामयिक विषयमा भेटवार्ता भएको छ ।
१५ असोजमा राष्ट्रपति रामवरण यादवले सहमतिका आधार नयाँ प्रधानमन्त्रीको चयनका लागि आह्वान गरेपछि प्रमुख दलबीच सरकार गठनबारे छलफलको शृङ्खला चलेको हो ।
एमाले स्थायी समितिले नयाँ प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिबाट २१ असोजमा मात्र यसबारे निर्णय हुनेछ ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले दुई नेताबीच सरकार गठनलगायत विषयमा छलफल भएको जानकारी दिए ।
एमाले अध्यक्ष ओली निकट स्रोतले १६ बुँदे सहमति हुँदा गरिएको ‘भद्र सहमति’अनुसार अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा दुई शीर्ष नेताबीच सकारात्मक छलफल भएको जनाएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>