समाचारबुधबार, आश्विन २०, २०७२

मोर्चासँग सीमाकंनमा कुरा मिलेन

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सीमाकंनको विषय टुंग्याउनुपर्न अडान लिएपछि दोस्रो वार्ता पनि निष्कर्षमा पुग्न सकेन ।

सरकारी वार्ता टोलीले सीमाकंन आयोगमार्फत टुंग्याउने प्रस्ताव राखेपनि मोर्चाका वार्ता टोली सहमत हुन नसकेको सरकारी वार्ता टोलीका सदस्य महेश आचार्यले बताए । उनका अनुसार मोर्चाले सीमाकंन राजनीतिक तहमै समाधान हुनुपर्ने अडान लिएको छ ।

मोर्चाको तर्फका वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले भने सरकारी वार्ता टोली ठोस रुपमा प्रस्तुत नभएकाले सहमति हुन नसकेको बताए ।

सरकारले घाइतेको उपचारलगायत केही माग पूरा गरेपनि आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, मृतकलाई सहीद घोषणा र क्षतिपूर्ति, निषेधाज्ञा र कर्फ्यू हटाउनेलगायत माग सम्बोधन नभएको कर्णले बताए ।

उनले भने, “वार्ता टोलीलाई संवैधानिक प्रश्नमा २ पार्टी बीचमा छलफल गरेर ठोस प्रस्ताव लिएर आउनुहोस् भनेका छौं ।” मोर्चासँगको अर्काे बैठक २२ असोजमा राखिएको छ ।

सम्वादमार्फत समस्या सुल्झाउने प्रतिवद्धता जनाउँदै तराई–मधेशमा जारी आन्दोलनको रुप बदल्न आग्रह गरेपनि मोर्चा तयार नभएको एमाओवादी नेता एवम् वार्ता टोली सदस्य नारायणकाजी श्रेष्ठले बताए ।

-कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>