थप समाचारबुधबार, आश्विन २०, २०७२

निजगढमा राष्ट्रिय झण्डासहित प्रदर्शन

हिमालखबर

nijgadhभारतीय हस्तक्षेप र नाकबन्दी विरुद्ध बाराको निजगढमा ‘हामी युवा’ समूहले प्रदर्शन गरेको छ ।

निजगढमा राष्ट्रिय झण्डा सहित निक्लिएको जुलुश प्रदर्शनका सहभागीले ‘नेताहरु नझुक, हामी लड्न तयार छौं,’ ‘देशको लागि परेमा भोकै मर्न तयार छौं’ भन्ने नारा लगाएका थिए ।

शहीद चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै कुशल ब्यवसाय परामर्श तथा तालीम केन्द्रका निर्देशक सरोज कोईरालाले छिमेकी देशले गरेको नाकाबन्दि विरुद्ध सबै नेपाली एकजुट भई आवाज उठाउनु पर्ने बताए ।

त्यस्तै ‘हामी युवा’ का रिवराज दंगालले भारतीय हस्तक्षेपविरुद्ध र मुलुक संकटमा परेका बेला युवाहरु जस्तोसुकै त्याग गर्न पनि तयार रहनुपर्ने बताए ।

र्‍यालीमा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...