समाचारबुधबार, आश्विन २०, २०७२

ट्वीटरमा ‘डोनेट अयल टु इन्डियन एम्बेसी’, युवाहरुको प्रदर्शन

हिमालखबर

donateoilयुवाहरुले २० असोज दिउँसो भारतीय दूतावास अगाडि पेट्रोल सहित प्रदर्शन गरेका छन् ।

भारतीय दूतावासले नेपाल आयल निगमलाई इन्धनको माग गर्दै पत्र पठाएपछि ट्वीटर प्रयोगकर्ता युवाहरुले व्यंग्यात्मक रुपमा खाने पानीका बोत्तलमा पेट्रोल भरेर भारतीय दूतावासलाई दिनभन्दै दूतावास अगाडि जम्मा भए ।

दूतावासले तेल मागेको समाचार सार्वजनिक भएपछि २० असोजमा ट्वीटरमा ‘डोनेट अयल टु इन्डियन एम्बेसी’ भन्ने वल्र्डवाइड ट्रेन्ड शुरु भएको थियो ।

युवाहरुले दिएको तेल दूतावासले लिन नमानेपछि उनीहरुले दूतावासका कर्मचारलाई ‘ब्याक अफ इन्डिया,’ ‘डोनेट अयल टु इन्डियन एम्बेसी,’ ‘तेल चाहिन्छ लैजाउ, स्वाभिमान दिन्नौ’ लेखिएका प्लेकार्ड देखाएका थिए ।

twitterदूतावासतर्फ बढदै गरेका युवाहरुलाई प्रहरीले लैनचौरस्थित खानी विभाग निर रोकेपछि उनीहरुका प्रतिनिधि भई दुई युवा तेल र प्लेकार्डसहित भारतीय दूतावासको गेटसम्म पुगेका थिए ।

दूतावासमा जान नपाएका युवाहरु भने लैनचौर सडकमै बसेर राष्ट्रिय गीतहरु गाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>