समाचारबिहीबार, आश्विन २१, २०७२

मोदीको पापमोचन गर्न पशुपतिनाथमा पूजा

हिमालखबर

तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

भारतले लगाएको नाकाबन्दीले नेपालमा असहज स्थिति उत्पन्न भएपछि पशुपतिनाथमा क्षमापूजा गरिएको छ ।

२१ असोज विहान पशुपतिनाथ मन्दिर परिषरमा भारतीय प्रधानमन्त्री मोदीको पापमोचनका लागि भन्दै सांकेतिक र व्यंग्यात्मक क्षमापूजा गरिएको हो ।

नेपाल आएका बेला पशुपतिनाथमा लामो पूजाआजा गरेका मोदीले अहिले पशुपतिनाथकै देशलाई अप्ठ्यारोमा पारेर, नेपालीको जनजीवन अस्तव्यस्त पारी ‘पाप’ गरेको भन्दै उनको पाप मोचनका लागि पूजा गरिएको सहभागीले बताए ।

तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

क्षमापूजामा कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पूर्व मुख्य सचिव लीलामणि पौडेल, साहित्यकार कमल दीक्षित, नागरिक अगुवा लगायत सर्वसाधारणको सहभागिता थियो ।

पूजामा कलाकार मनोज गजुरेल मोदीकै रुप बनाएर सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>