समाचारबिहीबार, आश्विन २१, २०७२

रसुवागढी नाका २८ असोजदेखि सञ्चालनमा आउने

हिमालखबर

चीनसँग जोडिने रसुवागढी नाका २८ असोजसम्ममा सञ्चालनमा ल्याउने चिनियाँ पक्षले तयारी गरेको छ ।

नाका सञ्चालनका बारेमा २० असोज साँझ रसुवागढी भन्सार प्रमुख केदारप्रसाद पनेरु र जिल्ला प्रहरी प्रमुख अवदेश विष्टको चिनियाँपक्षसित भएको वार्तामा चिनियाँपक्षले २८ असोजसम्म नाका सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिएको पनेरुले जानकारी दिए ।

उनका अनुसार चिनियाँ पक्षले नेपालमा १२ वैशाखमा गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको रसुवागढी–केरुङबीचको सडक निर्माण मर्मत कार्य यही २६ असोजमा सम्पन्न गरी २८ असोजतेदेखि नाका सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

प्रमुख पनेरुले नाका सञ्चालनका लागि नेपाली पक्षको पनि तयारी पुरा भएको जानकारी दिए । गत आर्थिक वर्ष २०७१/७२ को बैशाखसम्ममा करिव ३० करोड बराबरको राजश्व सङ्कलन सो नाकाबाट भएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>