Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोदीको पापमोचन गर्न पशुपतिनाथमा पूजा (फोटो फिचर) - Himalkhabar.com

थप समाचारबिहीबार, आश्विन २१, २०७२

मोदीको पापमोचन गर्न पशुपतिनाथमा पूजा (फोटो फिचर)

हिमालखबर

modiभारतले लगाएको नाकाबन्दीले नेपालमा असहज स्थिति उत्पन्न भएपछि पशुपतिनाथमा क्षमापूजा गरिएको छ ।

२१ असोज विहान पशुपतिनाथ मन्दिर परिषरमा भारतीय प्रधानमन्त्री मोदीको पापमोचनका लागि भन्दै सांकेतिक र व्यंग्यात्मक क्षमापूजा गरिएको हो ।

modi2नेपाल आएका बेला पशुपतिनाथमा लामो पूजाआजा गरेका मोदीले अहिले पशुपतिनाथकै देशलाई अप्ठ्यारोमा पारेर, नेपालीको जनजीवन अस्तव्यस्त पारी ‘पाप’ गरेको भन्दै उनको पाप मोचनका लागि पूजा गरिएको सहभागीले बताए ।

क्षमापूजामा कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पूर्व मुख्य सचिव लीलामणि पौडेल, साहित्यकार कमल दीक्षित, नागरिक अगुवा लगायत सर्वसाधारणको सहभागिता थियो । पूजामा कलाकार मनोज गजुरेल मोदीकै रुप बनाएर सहभागी भएका थिए ।

modi1क्षमा पूजामा बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भारतले नेपाली जनतालाई दुःख दिईरहेकोमा उनलाई पशुपति नाथले सदबुद्धी देउन् भनेर पूजामा सहभागी भएको बताए ।

modi_pujaमोदी नेपाल आएकाबेला ठूलो स्वागत–सम्मान गरेका नेपालीलाई अहिले उनले सास्ती दिएर संसारलाई आश्चर्यमा पारेको श्रेष्ठले बताए । भने “ मोदी जस्तो नेतालाई यसरी नाकाबन्दी गर्न शोभा दिदेन । बिन लादेनले अमेरिकामा गरेको आक्रमण भन्दा ठूलो ज्यादती हो यो । यसले करौडो मान्छेलाई कष्ट दिएको छ ।”

modi3हरिवंश आचार्याले संविधानबाट असन्तुष्टहरुको चित्त बुझाउन नेपालभित्रै वार्ता गरेर समाधानको प्रयास भइरहेका बेला भारतले नाकाबन्दी गरेर ठाडो हस्तक्षेप गरेको बताए ।

उनले भने “ नेपालभित्रको समस्या हल गर्न नेपाल सक्षम छ ।”

modi4महले नाकाबन्दीको मारमा परेका नेपाली जनताको आँशुले भरिएको बोतल मोदी बनेका मनोज गजुरेललाई हस्तानतरण गरेका थिए ।

modi5मोदीको भेषमा रहेका गजुरेलले आफू (मोदी) अमेरिका गएको बेला भारतबाट भएको नाकाबन्दीले नेपाली जनतालाई दुःख भएकोमा क्षमा माग्दै नाकाबन्दी आजबाटै खोलेको बताएर व्यंग्य गरेका थिए ।
शब्द÷तस्वीरः डम्बरकृष्ण श्रेष्ठ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>