थप समाचारबिहीबार, आश्विन २१, २०७२

भैरहवामा मोर्चाका नेताहरु

हिमालखबर

IMG_4527सुनौली नाका तनावग्रस्त बनेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका प्रमुखहरु भैरहवा पुग्दैछन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर र तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव भैरहवा जाँदैछन् । सद्भावना पार्टीका अध्इक्ष राजेन्द्र महतो भने केही दिनदेखि भैरहवा नै छन् ।

उनकै नेतृत्वमा सुनौली नाकामा धर्ना बस्ने क्रममा २० असोजमा तनाव भएको थियो । भारतीय भूमिबाट नेपालका प्रहरी, सीमा प्रहरी कार्यालय र सर्वसाधरणमाथि ढुंगा प्रहार गरेपछि तनावपूर्ण अवस्था सृजना भएको थियो ।

मोर्चाका प्रमुखहरु नै भैरहवा पुग्ने भएपछि प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ ।रुपन्देहीका प्रहरी प्रमुख बुद्धिराज गुरुगले भने, “सुरक्षामा केही नयां चुनौती देखिएको छ । सामना गर्न उच्च सतर्कता अपनाएकाछौं ।”

यसैबीच, आज बिहान भैरहवाको गौतमबुद्ध बिमानस्थल क्षेत्र नजिकै बम बिष्फोट भएको थियो । बिष्फोटबाट कुनै क्षति भने हुन पाएन ।

-दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>