समाचारबिहीबार, आश्विन २१, २०७२

सरकार निर्माणबारे छलफल गर्दै कांग्रेस

हिमालखबर

राष्ट्रपति रामवरण यादवले सहमतीय सरकारका लागि दिएको एक हप्ताको समय सकिनै लाग्दा नेपाली कांग्रेसले सरकार निर्माणमा केन्द्रित रहेर छलफल गरिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन शीर्ष नेताहरुको छलफल सकिएपछि अहिले केन्द्रिय समितिको बैठक बसिरहेको छ । सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच छलफल भएपछि केन्द्रिय समिति बैठक शुरु हुन लागेकाे छ ।

२५ जेठमा सम्पन्न १६ बुँदे सहमतिमा चार दलबीच भएको सहमति र नयाँ सरकारमा कांग्रेसको भूमिकाबारे बैठकमा छलफल गर्ने तयारी भएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>