समाचारबिहीबार, आश्विन २१, २०७२
पोखरामा उडेको अल्ट्रालाइट विमान वेपत्ता
पोखराबाट आज विहान उडेको अल्ट्रालाइट विमान वेपत्ता भएको छ ।
पोखरा अल्ट्रालाइट कम्पनीको उक्त विमान स्थानीय विमानस्थलबाट विहान १०ः३५ मा उडेको थियो ।
एकघण्टामा फर्किसक्नुपर्ने विमान नफर्किएपछि वेपत्ता भएको अनुमान गरिएको हो ।
विमानमा एक जना चालक र एकजना पर्यटक दुवै विदेशी नागरिक छन् ।
चालक रुसी नागरिक भ्यालरी बुटेनिन् र यात्रु दक्षिण अफ्रिकी महिला रहेको बुझिएको छ ।
माछापुछ्रे हिमालको नजिक पुगेर विमान वेपत्ता भएको बताइए पनि अहिलेसम्म एकिन जानकारी आउन सकेको छैन ।
हराएको अल्ट्रालाइट विमानलाई अर्को अल्ट्रालाइट र श्री एअरको हेलिकप्टरले खोजिरहेका छन् ।
माधव बराल, पोखरा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
