Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेताहरुलाई अनुरोध - Himalkhabar.com

ब्लगबिहीबार, आश्विन २१, २०७२

नेताहरुलाई अनुरोध

तीर्थबहादुर श्रेष्ठ

भारतीय नाकाबन्दी र भूकम्पको के साइनो छ कुन्नि, २०४५ र २०७२ सालको मेरो भोगाइले बाल्यावस्थामा पढेको गंगादत्त भ्यागुतो र प्रियदर्शनी नामक सर्पको कथा सम्झाइरहेको छ।

२०४५ सालको घोषित र २०७२ सालको अघोषित नाकाबन्दीका नियति किन आए भन्ने विश्लेषण गर्न थाल्यौं भने हाम्रा नेताहरुले नीतिकथा पढेका रहेनछन् भन्ने निष्कर्षमा पुग्छौं।

indiaपञ्चतन्त्रको नीतिकथा अनुसार भ्यागुताको राजा गंगादत्तलाई आफ्नै जातिका केही भ्यागुताले निकै सताएछन्, पिरोलेछन्।

आज–भोलिको नेपालमा राजा छैनन्, नेताहरु नै राजासमान बनिसके। त्यसैले अहिलेको सन्दर्भमा यसलाई नेपाली नेताको कथा भन्न सुहाउँछ।

कथामा एउटा सुन्दर–शान्त कुवा हुन्छ, जहाँ भ्यागुता रमाइरहेका, उफ्रिरहेका हुन्छन्। स्वभावतः भ्यागुताका नेता पनि हुन्छन्। नेताबीच खटपट पनि हुन्छ। तीमध्ये एकथरीलाई अल्पमतमा परेर आफूखुशी राज गर्न नपाउँदा साह्रै पीर पर्न थालेछ।

उता बहुमतको शक्तिले सधैं पेल्न थालेछ। अल्पमतको मनमा लागिरह्यो कि उसलाई अरूले होच्याउन, दबाउन र सिध्याउन थाले। अब बिरादरीमा बेइज्जत हुनेभयो। यसै बसेर भएन, केही जुक्ति निकाल्नै पर्‍यो।

सोच्न थाल्यो– मलाई यसरी होच्याएर व्यवहार गर्ने मेरा शत्रु हुन्। शत्रुलाई शत्रुबाटै नाश गराउनुपर्छ। अनि, गंगादत्त भ्यागुतो छिमेकमा बस्ने एउटा सर्पलाई पुकारा गर्न पुग्यो– “हे प्रियदर्शनी यसरी सुतेर नबस्नोस्, बाहिर आउनोस्।

छिमेकीको नाताले मलाई सहयोग गर्नुहोस्। मेरा शत्रु भ्यागुताहरूलाई खाइदिनोस्, तपाईंलाई पनि फाइदार मेरो पनि भलो हुन्छ।”

प्रियदर्शनी शुरूमा गंगादत्तको कुरा पत्याउँदैन। गंगादत्तले निकै विन्तीभाउ गरेपछि प्रियदर्शनी भ्यागुताहरुको कुवाभित्र जान राजी हुन्छ, तर उसलाई न बाटो न त नाका थाहा हुन्छ। अनि बाटो र नाका पनि गंंगादत्तले नै बताइदिन्छ।

आफ्ना शत्रु भ्यागुताहरू पनि एक–एक गरी चिनाइदिन्छ। सर्पले पालैपालो भ्यागुताहरू खाँदै गयो। हुँदाहुँदा गंगादत्तकै परिवारजन पनि बाँकी रहेनन्। छोरा र श्रीमती पनि प्रियदर्शनीको आहारा बने।

अन्त्यमा, आफैं सर्पको अन्तिम गाँस हुनुपर्ने भएपछि गंगादत्त अरू भ्यागुता लिएर आउँछु भन्दै कुवाबाट भाग्यो। एक दिन प्रियदर्शनीको दूत गंगादत्त भागेर बसेकै ठाउँमा आइपुग्यो र भन्न थाल्यो, “हे गंगादत्त आफ्नै जन्मभूमिमा फर्कनुहोस्।”

त्राहिमाम् गंगादत्त फर्कने कुरै भएन, ऊ झन दूरदेशतिर पलायन भयो। आफ्नो घरको कलह घरैमा टुंग्याउन छाडेर पराइको शरणमा जानेले गंगादत्तको नियति भोग्नुपर्छ भन्ने यो नीतिकथाको सन्देश हो।

आजभन्दा २२ सय वर्ष पहिले अर्थात् इसापूर्व २०० मा भारत वर्षका पण्डित विष्णुदत्त शर्माद्वारा रचित पञ्चतन्त्रका यस्ता कथाहरू पढिदिएको भए हाम्रा नेताहरूमा नाकाबन्दी गराइमाग्नुपर्ने बुद्धि पलाउने थिएन।

भूपरिवेष्ठित राष्ट्रलाई बखत–बखतमा नाकाबन्दी गरेर आफ्नो विशालतालाई विषालु सर्पको काँचुलीभित्र कोचेर विश्वसामु होच्चिनुपर्ने स्थिति हाम्रो छिमेकीलाईपनि आउने थिएन।

किताबका पाना पल्टाउन अल्छी नै लागेको हो भने आ–आफ्नो मोबाइल सेट वा कम्प्युटरमा ‘दी ग्रीडी कोब्रा एण्ड दी किङ अफ फ्रग्स्’ डाउनलोड गरेर पढ्न नेताहरूलाई आग्रह गर्दछु।

भाषागत हिसाबले हिन्दी सहज हुनेहरुका लागि हिन्दीमा पनि रोचक प्रस्तुति छ। आफैंले प्रियदर्शनीलाई बोलाएर वंशनाशको बाटो नरोजौं। अस्तु।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>