समाचारबिहीबार, आश्विन २१, २०७२

देशभक्ति र राष्ट्रियतामा कुनै सम्झौता हुँदैनः नेता नेपाल

हिमालखबर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशभक्ति र राष्ट्रियताको मामिलामा कुनै सम्झौता हुनै नसक्ने बताएका छन् ।

पूर्वसांसद क्लब नेपालले गरेको ‘नेपालको संविधान र कार्यान्वयनका चुनौती’ विषयक अन्तरक्रियामा उनले राष्ट्रियता, स्वाधीनता र अखण्डताको पक्षमा एकाकार भएर अहिले देखिएको चुनौतीलाई सामना गर्न कम्तीमा पनि अर्काे निर्वाचनसम्म प्रमुख दलबीच एकता र सहमति कायम रहनुपर्ने आवश्यकता औल्याए ।

नेता नेपालले भने, “सरकारले जनताको चासो र राष्ट्रको हितलाई ध्यान दिएर सन्तुलित ढङ्गले अघि बढनुपर्छ । भारतले पनि हाम्रो आन्तरिक मामिलामा यसो गर, उसो गर भनेर निर्देशन गर्ने होइन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>