Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
इपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक - Himalkhabar.com

थप समाचारबिहीबार, आश्विन २१, २०७२

इपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक

हिमालखबर

दक्षिण कोरिया जानका लागि लिइएको छैटौं इपिएस भाषा परीक्षामा आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नेपाल सरकार र कोरिया सरकारबीच भएको सम्झौताअनुसार नेपाली कामदारलाई रोजगारीका लागि कोरिया लैजान लिइने प्रारम्भिक भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रतर्फ पाँच हजार आठ सय १७ र कृषि तथा पशुपालनतर्फ दुई हजार ६७३ जना परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।

भाषा परीक्षा उत्तीर्ण भएका सबै व्यक्तिले सीप परीक्षण परीक्षामा सहभागी हुन पाउने छन् । भाषा परीक्षा उत्तीर्ण व्यक्तिको स्वास्थ्य परीक्षण, रोजगार आवेदन फाराम तथा सीप परीक्षणलगायत कार्यहरु मङ्सिर महिनाको पहिलो हप्तादेखि सञ्चालन हुने र यससम्बन्धी विस्तृत विवरण छिटै प्रकाशित गरिने शाखाले जनाएको छ ।

उत्तीर्ण हुनेले रोजगार आवेदन फारम भर्नका लागि अनिवार्य रुपमा मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) पेस गर्नुपर्ने, प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षणमा सफल भएका व्यक्तिले मात्र रोजगार आवेदन फारम भर्र्न सक्ने शाखाले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>