थप समाचारबिहीबार, आश्विन २१, २०७२

कुवेतमा नेपाली महिलाको मृत्यु

हिमालखबर

फाइल तस्वीर: कल्पना राया

 कल्पना राया

दशैंमा आमाको हातको टीका लगाउने आशमा रहेका कल्पनाका छोराछोरी कुवेतमा आमाको मृत्यु भएको खबरले शोकविह्वल छन् ।

डेढबर्ष अघि घरेलु कामदारको रुपमा काम गर्न कुवेत गएकी झापा, दमक– ९ की कल्पना रायाको शव कोठामा झुण्डिएको अवस्थामा फेला परेको कुवेतबाट खबर आएको छ ।

“आँउदो शनिबार सम्ममा घर आइपुग्छु भन्नुभएको थियो ” कल्पनाकी छोरी शर्मिलाले भनिन्, “दुई वर्षअघि बुवा बितेपछि दशैंमा आमाको हातको टिको लगाइको थिएन, यसपालि घरमा दशैं मनाउने बिचारमा थियौं ।”

आमाको बाटो कुरेका शर्मिला (२४), निकेश (२१), रजनी (१९) र निशा(१७) ले आमाको मृत्युको खबर सुन्नुपर्‍यो । उनीहरुलाई २१ असोज साँझ कुवेतबाट एक अपरिचित महिलाले उनिहरुकी आमा कल्पना राया (४१) को मृत्यु भएको खबर सुनाएकी हुन् ।

कल्पनाले अन्तिम पटक गत शनिबार आफूलाई साउदीबाट कुवेत फर्काइएको, बिरामी र करिब करिब बन्धक अवस्थामा रहेको छोरीहरुलाई फोनमा बताएकी थिइन ।

डेढबर्ष अघि घरेलु कामदारको रुपमा कामगर्न कुवेत गएकी कल्पनालाई उनी काम गर्ने घर मालिकले साउदीस्थित आफन्तकहाँ पठाएका थिए ।

गत शनिबार नै साउदीबाट कुवेत फर्काइएकी कल्पनको शव कुवेती मालिकको घरको कोठाभित्र २० असोज दिँउसो सलको पासोमा झुण्डिएको अवस्थामा फेलापरेको थियो । उनको शव २३ असोजसम्म काठमाडांै बिमानस्थलमा आउने गरी प्रक्रिया पूरा भएको भएको कल्पनाका देवर डिल्ली रायाले जानकारी दिए ।

२०५९ सालदेखि पटक पटक गरेर दशबर्ष भन्दा बढी समय रोजगारीको लागि पश्चिम एशियाका बिभिन्न मुलुक बसिसकेकी कल्पनाले दमक– ९ मा ६ बर्षअघि साढेतीन लाखमा एउटा घडेरी किनेकी थिइन् । राया परिवार दमक– ९ को खरखरे खोला किनारको सुकुम्बासी वस्तीमा झुप्रो हालेर बसेको छ ।

कल्पना विदेशमै रहेका बेला उनका पति भोजराज रायाले २२ असोज २०७० मा आत्महत्या गरेका थिए ।
गोपाल गडतोैला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>