समाचारबिहीबार, आश्विन २१, २०७२

सरकारविहिनता हुन दिन्नौंः राप्रपा नेपाल

हिमालखबर

rrpn

राप्रपा नेपालका अध्यक्ष थापाका साथ एमाले नेताहरु । तस्वीरः माेहन श्रेष्ठकाे ट्वीटरबाट

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेका शीर्ष नेताहरुलाई सरकार निर्माणमा सहयोग गर्न सक्ने संकेत दिएका छन् ।

राप्रपा नेपालको कार्यालयमा पुगेका एमाले नेताहरुलाई अध्यक्ष थापाले सरकारविहिनताको अवस्था सृजना हुन नदिने बताए । थापाले भने, “तीन दल मिलेरै सरकार बनाउँदा राम्रो हुन्छ, यदि त्यस्तो अवस्था नआए हामी बाधक बन्दैनौं ।”

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उमेद्वार घोषणा गरेको एमाले नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, विद्या भण्डारी र प्रदिप ज्ञवाली सहयोग माग्दै राप्रपा नेपालको कार्यालय पुगेका थिए । राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले हिमालखबरसँग भने, “उहाँहरुले प्रधानमन्त्रीमा सहयोग गर्न औपचारिक पत्र दिनुभएको छ, यसलाई सकारात्मक रुपमा लिएका छौं ।”

राप्रपा नेपालले सरकार निर्माणबारे २२ असोज विहान ९ बजे बैठक बोलाएको श्रेष्ठले बताए । उनले भने, “विहान केन्द्रिय कमिटीको बैठक बसेर ओलीलाई प्रधानमन्त्री मत दिने/नदिनेबारे निर्णय हुन्छ ।”

संसद बैठक बस्नुअघि नै राप्रपा नेपालले निर्णय लिने श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>