समाचारबिहीबार, आश्विन २१, २०७२
एमाले नेताहरु दाहाल निवास पुगे
नेकपा एमालेका शीर्ष नेताहरु एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको नीजि निवास लाजिम्पाट पुगेका छन् ।
सहमतीय सरकार निर्माणका लागि राष्ट्रपति रामवरण यादवले दिएको समय सकिएपछि बहुमतीय सरकार निर्माणमा एमालेलाई सहयोग गर्न औपचारिक आग्रहका लागि एमाले नेताहरु दाहाल निवास पुगेका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनालसहितका शीर्ष नेताहरु औपचारिक पत्रसहित दाहाल निवास पुगेका हुन् । नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्न दाहाललाई औपचारिक पत्र दिन नेताहरु गएका हुन् ।
यसअघि, एमालेले नेपाली कांग्रेस र राप्रपा नेपाललाई पत्र बुझाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>