समाचारबिहीबार, आश्विन २१, २०७२

कांग्रेस बैठक अनिर्णित

हिमालखबर

नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति बैठक भोलि विहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।

२१ असोजमा बसेको बैठकमा केन्द्रिय सदस्यहरुले फरक–फरक धारणा राखेपछि निर्णयार्थ बैठक भोलि विहान बस्नेगरी स्थगित भएको छ । संविधान जारी भएपछि नयाँ सरकार गठनका लागि धारणा तय गर्न जारी बैठकमा नेताहरुले फरक–फरक धारणा राखेका थिए ।

बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने धारणा राखेका थिए भने महामन्त्री प्रकाशमान सिंह, महामन्त्री कृष्णप्रसाद सिटौला, सह–महामन्त्री पूर्णबहादुर खड्काले भद्र सहमति अनुसार एमालेलाई नेतृत्व छोड्नुपर्ने धारणा राखेका थिए । सभापति एवम् प्रधामन्त्री सुशील काेइरालाले सवैकाे धारणा बुझेपछि धारणा राख्ने जनाएका छन् ।

केन्द्रिय समितिका सदस्यहरुले पनि फरक–फरक धारणा राखेपछि निर्णयार्थ बैठक भोलि बस्नेगरी स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>