थप समाचारबिहीबार, आश्विन २१, २०७२

भारतीय बाटो हुँदै नेपालगञ्ज पुगे महतो

हिमालखबर

unnamedसद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नाकाबन्दीलाई शसक्त बनाउन भारतीय बाटो भएर नेपालगञ्ज पुगेका छन् ।

भैरहवाबाट भारतीय बाटो भएर भारतीय गाडी यूपी ४३ यू ३०९० नम्बरको गाडीबाट नेपालगञ्ज नाका पुगेका हुन् ।

महतो भारतीय भूमीमा गाडी राखी नेपाल हिँड्दै प्रवेश गरेका थिए । उनलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले स्वागत गरेका थिए ।

स्वागतपछि महतोले आन्दोलन निर्णायक भएको बताए । ५५ दिनदेखि आन्दोलन गर्दै आएपनि राज्यले सुनवाई नगर्दा आफुहरु नाकाबन्दी गर्न बाध्य भएको उनले बताए । महतोले २२ असोजमा नाकाबन्दीलाई सशक्त पार्ने बताए ।

-केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>