समाचारबिहीबार, आश्विन २१, २०७२
सहमतिको सरकार गठन हुन सकेन
राष्ट्रपति रामवरण यादवले सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि दिएको समयमा सहमतिको सरकार गठन हुन सकेन ।
तराई–मधेसमा आन्दोलनरत दलहरुसँग वार्ता निष्कर्षमा नपुगेको र संसदमा रहेका दलहरुबीच पनि संस्थागत निर्णय नभएपछि सरकार गठन हुन सकेन ।
व्यवस्थापिका–संसद्को २२ असोजमा बस्ने बैठकले प्रधानमन्त्री चयनका लागि बहुमतीय प्रक्रिया सुरु गर्नेछ । त्यसअघि राष्ट्रपति यादवबाट प्रधानमन्त्री चयन गर्न संसद्लाई आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई एक साताको समय दिएर गत असोज १५ गते आग्रह गरेका थिए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>