समाचारशुक्रबार, आश्विन २२, २०७२

प्रहरीद्वारा नेपालीलाई सुनौली जान रोक

हिमालखबर

मधेशी मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा नेपाली नागरिकमाथि साङ्घातिक आक्रमण गरेपछि नेपालीलाई भारतीय बजार सुनौली जान रोक लगाइएको छ ।

सीमाबर्ती भारतीय बजार सुनौली पुगेका रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीका स्थानीयमाथि गम्भीर आक्रमणको घटनापछि सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्मका लागि सुनौली जानबाट रोक लगाएको प्रहरीले जनाएको छ ।

प्रहरीले अत्यावश्यक कामबाहेक भारतीय बजार किनमेलका लागि अथवा अन्य कार्यका लागि भारत जानेहरुलाई रोक लगाएको हो ।

आन्दोलनरत मधेशी मोर्चाले चर्काएको आन्दोलनमा नेपालीहरु नै निसानामा पर्न थालेपछि सीमामा कडाइ गरिएको प्रहरीको भनाइ छ ।

२० असोजमा भएको घटनापछि नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी र अञ्चल प्रहरी प्रमुखसहितको सुरक्षा टोलीले भारतको महाराजगन्ज जिल्लाका प्रमुखलाई भारतीय भूमि प्रयोग गरी ढुङ्गामुढा गर्न नदिन आग्रह गरेपछि भारतीय पक्षले पनि सीमामा थप कडाइ गरेको रुपन्देही प्रहरीले जनाएको छ । भारतीय प्रहरीको कडाइ पछि २१ असोजमा सीमा नाका बेलहिया केही शान्त रहेको थियो ।

मोर्चाका शीर्ष नेताहरु रुपन्देहीमै रहेकाले आन्दोलन थप अराजक बन्न सक्ने आशङ्कामा सुरक्षा व्यवस्थामा पनि थप कडाइ गरेको प्रहरीको भनाइ छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>